default_image

9 years ago

May 16, 2016

आर्मीलाई मदन भण्डारी गोल्डकप, नवयुग सर्वोत्कृष्ट खेलाडी

107 views

0 Bookmark

काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

मदन भण्डारी गोल्डकप फुटबल उपाधिका साथ आर्मीका खेलाडी । सबैभन्दा अगाडी नवयुग श्रेष्ठ ।

मदन भण्डारी गोल्डकप फुटबल उपाधिका साथ आर्मीका खेलाडी । सबैभन्दा अगाडी नवयुग श्रेष्ठ ।

नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा प्रतिष्ठानले खेललाई बराबरीमा ल्याएको थियो । सन्तोष न्यौपानेले गोल गर्दै खेललाई बराबरी पारे । ६२ औं मिनेटमा नवयुगले अर्को गोल गरे र त्यो नै खेलको निर्णायक गोल बन्यो । आर्मीले उपाधि सहित २ लाख २ हजार २ सय रुपैयाँ प्राप्त गर्यो । आयोजकले १ लाख १ हजार १ सयरुपैयाँमा चित्त बुझायो ।
सर्वाधिक गोलकर्ता समेत रहेका नवयुग प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । आर्मीका गंगाराम देउजा उत्कृष्ट गोलकिपर, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक आयोजकका संजोक लिम्बु उत्कृष्ट मिडफिल्डर, दीपक राई उत्कृष्ट फरवार्ड, सन्तोष न्यौपाने उदयमान खेलाडी छानिए भने आर्मीका चुनबहादुर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.