6 years ago
June 7, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झन्डै एक वर्षको अन्तरलपछि फ्रिकिकमा सिधै गोल गरेका छन् ।
यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गरेका थिए । उनले पछिल्लोपटक रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रिकिक गोल गरेका थिए । स्पेनविरुद्ध समूह चरणको खेलमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो ।
रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस आएसँगै उनले केहि संघर्ष गर्नुपर्यो । उनले युभेन्टसका लागि फ्रिकिकमा गरेको २३ प्रहार गोल हुन सकेनन् । इटालियन लिगमा ३१ खेल खेल्दै २१ गोल गरेका रोनाल्डोले विगत एक दशकयताकै खराब प्रदर्शन गरेका हुन् ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]