6 years ago
June 5, 2019
एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । पोर्चुगलका पूर्व सहयात्री नानीले रोनाल्डोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले युभेन्टसलाई सिरी ‘ए’ र कोपा इटालिया जिताएको स्मरण गर्दै उनी अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।
रोनाल्डोले यो सिजन युभेन्टसबाट ४३ खेलमा मात्रै २८ गोल सफल भएका थिए । यो पाँचपटकको बालोन डि’ओर विजेता रोनाल्डोको सन् २००८/०९ को सिजनपछिको सबैभन्दा कम स्कोर हो । उनले त्यतिबेला म्यानचेस्टर युनाइटेडका लागि मात्रै २६ गोल गरेका थिए ।
एमएलएस क्लब ओरलान्डो सिटीका नानीले ओमिनी स्पोर्टस्सँग भने, ‘रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी हो भन्नेमा कुनै शंका छैन । यो सिजन युभेन्टसमा कम स्कोर गरेपनि उनले युभेन्टसमा सफल सिजन बिताए । इटालीमा फरवार्डलाई खेल्न गाह्रो पक्कै छ । उनले यसपटक त्यही महसुस गरे । अर्काे सिजन उनले धेरै गोल गर्नेछन् । म रोनाल्डोमा विश्वस्त छु ।’
लगातार आठौं सिजन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा डच क्लब आयाक्ससँग पराजित भएको थियो ।
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]