6 years ago
June 5, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई सेभिल्लाले प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
५२ वर्षीय लोपेटेगुइलाई स्पेनिस राष्ट्रिय टोलीबाट विश्वकप सुरु हुनुभन्दा २ दिन अगाडी बर्खास्त गरिएको थियो । विश्वकपमा सहभागी हुने समयमा रियल म्याड्रिडको प्रशिक्षकको रुपमा सार्वजनिक भएपछि स्पेनको फुटबल संघले उनलाई कारवाही गरेको थियो । तर रियलमा जुलेन लामो समय टिक्न सकेनन ।
रियलमा खराब प्रदर्शन जारि राखेपछि क्लबले उनलाई साढे ४ महिनामै बिदा गरेको थियो । उनले अन्तिम खेल बार्सिलोनाविरुद्ध जिम्मेवारी लिँदै ५-१ को लज्जास्पद हार बेहोरेका थिए । यद्यपि समग्रमा अघिल्लो सिजन रियालमा उनले नै राम्रो नतिजा निकाले । उनीपछि आएका सान्टियागो सोलारी र जिनेदिन जिदानले पनि जितका लागि संघर्ष गर्नुपर्यो ।
सेभिल्लाले गत सिजन लिगमा छैटौं स्थान हासिल गरेको थियो । सेभिल्लाले मार्च महिनामा पाब्लो मासिनलाई बर्खास्त गरेको थियो । त्यसपछि आएका जोआकिन कापरोस ल्युकेमियाले ग्रस्त भएपछि जुलेन नियुक्त भएका हुन् ।
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]