9 years ago
May 15, 2016
इंगलिश प्रिमिएर लिग (इ.पी.एल) सिजन २०१५/१६ अन्तर्गत आज सबै क्लबले आफ्नो अन्तिम खेल खेल्दै छन्|
सिजनको सुरुवातदेखि आश्चर्यचकित तुल्याएको यस सिजन अन्तिम दिनसम्म पनि सोहि पथमा चलिरहेको छ| ठुला टोलीहरुको खस्किदो प्रदर्शनमाथि सानाटोलीहरुको उत्साहजनक जित र आशा लागेका खेलाडीहरुको बिर्सनलायक प्रदर्शन रहँदा नयाँ खेलाडीहरुले देखाएको कौशलले सिजनभर समर्थकहरुलाई मनोरन्जन प्रदान गर्यो|
लिगका सबै क्लबले आज एकै समयमा आ-आफ्नो अन्तिम खेल खेल्ने छन्| नेपाली समयानुसार साँझ ७:४५बजे खेल सुरु हुनेछ|
रेलिगेसनमा परिसकेको एस्टन भिल्लाले आर्सनलको घरमा खेल्नेछ भने उपाधि जितेको लेस्टरले गत सिजनको विजेता चेल्सीको मैदान स्ट्यामफर्ड ब्रिजमा सिजन टुंग्याउनेछ| भर्खरै म्यानेजर रोबर्टो मार्टीनेजलाई बर्खास्त गरेको एभर्टनले रेलिगेसनमा परेको नर्विचलाई निम्त्याउनेछ|
अन्य खेलमा म्यानचेस्टर युनाइटेडले विरुद्ध बर्नमाउथ, न्युकासल विरुद्ध टोटेनहम, साउथह्याम्पटन विरुद्ध क्रिस्टल प्यालेस र स्टक विरुद्ध वेस्ट ह्याम रहेको छ| च्याम्पियन्स लिगको आशा बोकेको म्यानचेस्टर सिटीले स्वान्सीको मैदानमा खेल्नेछ भने रेलिगेसन टारेको सन्डरल्याण्डले वाटफर्डको सामना गर्दैछ| लिभरपुलले आफ्नो अन्तिम खेल वेस्टब्रोमसंग खेल्नेछ|
च्याम्पियन्स लिग खेल्ने टोलि अझै टुंगो नलागेको स्थितिमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटि मध्य एक टोलि कम्तिमा चौथो स्थान हासिल गर्न आतुर छ| आजको खेलले छिनोफानो हुने सो स्थानमा आफ्नो नाम लेखाएर कसले खेल्ला त आगामी सिजन च्याम्पियन्स लिग?
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]