6 years ago
June 4, 2019
एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ ।
लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनकै बार्सिलोनालाई पछाडी पारेको हो । रियलको १ लाख ४६ हजार अंक रहेको छ भने बार्सिलोनाको १ लाख ३८ हजार अंक छ । यस सिजन रियलले १९ हजार अंक जोड्दा बार्सिलोनाले ३० हजार अंक जोडेको हो । तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको १ लाख २८ हजार, एटलेटिको म्याड्रिडको १ लाख २७ हजार तथा युभेन्टसको १ लाख २४ हजार अंक छ ।
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले १ लाख ६ हजार अंक जोडेको छ भने स्पेनकै सेभिल्लाको १ लाख ४ हजार अंक छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (१ लाख ३ हजार), आर्सनल (१ लाख १ हजार) र पोर्टो (९३ हजार) शीर्ष ३ स्थानमा अटाएका छन् । पछिल्लो ५ वर्षको प्रदर्शन र त्यसअनुसार अंकले वरीयता निर्धारण गर्ने प्रावधान रहेको छ ।
वरीयतामा स्पेनले शिर्ष स्थान कब्जा गरेको छ । स्पेनले १ लाख ३ हजार ५ सय ६९ अंक जोडेको हो । दोस्रो स्थानको इंग्ल्यान्डले ८५ हजार ४ सय ६२ तथा तेस्रो स्थानको इटाली ७३ हजार ७ सय २५ अंक रहेको छ ।
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]
January 22, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिग टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ । लिभरपुलले मंगलवार फ्रेन्च टोली लिललाई २-१ ले हरायो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । लिलका जोनाथन डेविडले एक गोल फर्काएका हुन् । लिभरपुलले खेलको ३४औं […]
January 22, 2025
एजेन्सी – दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन। बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक […]