6 years ago
June 4, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले प्रभावशाली जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कोलम्वियाले पानामालाई ३–० ले हराएको हो । तीन खेलाडीले गोल गरेको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको छैटौ मिनेटमा विलियन टेसिलोले गोल गर्दै कोलम्वियालाई अघि बढाएका थिए । ३८औं मिनेटमा लुइस मुनरेलले गोल गर्दा कोलम्विया २–० ले अघि बढेको थियो । पहिलो हाफमा इन्ज्युरी समयमा कप्तान राडामेल फल्काओले पेनाल्टीमा गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पनि कोलम्वियाले गोलका केही मौकाहरु खेर फाल्दा थप गोल गर्न सकेनन् । र पहिलो हाफमा गरेको गोल नै कोलम्वियाको जितमा पर्याप्त बन्यो ।
कोलम्विया ब्राजिलमा आयोजना हुन लागेको कोपा अमेरिका कपको तथा पानामा कोन्काफ गोल्डकपको तयारीमा छ । त्यसअघि कोलम्वियाले १० जुनमा पेरुसँग मैत्रीपुर्ण खेल्दै छ ।
कोलम्विया कोपा अमेरिकामा अर्जेन्टिना, कतार र पारग्वे रहेको समूह ‘बी’ मा छ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]