default_image

9 years ago

May 15, 2016

एट्लेटिको म्याड्रिडको गोलरक्षकद्वारा ला लिगामा कम गोल खाने किर्तिमान कायम

110 views

0 Bookmark

भर्खरै सम्पन्न ला लिगा सिजनमा एट्लेटिको म्याड्रिडले तेश्रो स्थानमा लिगको अन्त्य गर्यो तर सो क्रममा उसका गोलकिपर यान् ओब्लाकले नया किर्तिमान रचे|

Atletico Madrid Keeper Obla

हालसालै मात्र एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका ओब्लाकले यो सिजनमा सबै ३८ लिग खेल खेल्दै १८ गोल मात्र खाए| यसअघि सोहि रेकर्ड १९९३/९४ सिजनमा डेपोर्तिभो ल कोरुनाका गोलरक्षक पाको लियानोको नाममा रहेको थियो| यो सिजन ओब्लाकको प्रदर्शन रियल म्याड्रिडका केलर नाभास र बार्सिलोनाका क्लाउडियो ब्राभो भन्दा पनि उत्तम रह्यो|

३८ खेलमध्य ओब्लाकले २४ खेलमा कुनै गोल खाएनन्| उनले प्रत्येक खेलमा १.६६को औसतमा प्रहर बचाए भने उनले प्रयास गरेको ९५% बल आफ्नै हातमा पारेका थिए| थिबाउ कोर्टुवा चेल्सी लागेपछि बेन्फिकाबाट एट्लेटिको म्याड्रिड आएका ओब्लाकले सिमिओनीको टोलीबाट प्रभावशाली प्रदर्शन गर्दै आएका छन्| उनको उपस्थितिले म्याड्रिडले अहिलेसम्मकै कम गोल खाने टोलि पनि बनेको छ|

उनको लोभलाग्दो प्रदर्शन संगै ओब्लाकलाई रिकर्दो जमोरा ट्रफीबाट सम्मान गरिने भएको छ|

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.