5 years ago
June 5, 2019
म्याड्रिड (एजेन्सी)– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको बताइएको छ ।
जिदान पोग्बाका प्रशंसक हुन् । जसका लागि पनि पोग्बा रियल जाने सम्भावना बाक्लो रहेको छ । जिदानले आफ्नो प्रशिक्षणमा पोग्बालाई विश्व उत्कृष्ट खेलाडी मध्येको सुचिमा राख्न सक्ने आशा राखेका छन् । फ्रान्सेली महान खेलाडी जिदान आफ्नै देशका पोग्बालाई स्पेन लाने तयारीमा छन् । हाजार्ड पनि रियलसँग लामो सम्झौताको पर्खाइमा रहेको अनुमान गरिएको छ ।
बेल्जियन स्टार हाजार्ड केहि दिनमै स्पेन पुग्ने अनुमान गरिएको छ । रियल आफ्ना केहि खेलाडीलाई बेच्ने पक्षमा रहेको बताइएको छ । ग्यारेथ बेल, केलार नाभास, हामेस रोड्रिग्वेज र इस्को जस्ता खेलाडी जिदानको अर्को सिजनको योजनामा नरहने अनुमान गरिएको छ ।
जसले रियल हाजार्ड, पोग्बा जस्ता केहि खेलाडीलाई भित्राउने तयारीमा जुट्नेछ । यो सिजन उपाधिविहिन बनेको रियल नयाँ सिजनमा सम्भव सबै खाले उपाधिका लागि कडा चुनौति दिने पक्षमा जानेछ ।
November 20, 2024
एजेन्सी – प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]