9 years ago
May 15, 2016
ग्वन्जालो हेगुइनले इटालियन सिरी एमा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यो सिजन ३६ गोल गरेका नापोलीका हेगुइनले गुनार नुरडालले ६६ वर्ष अघि बनाएको कीर्तिमान तोडेका हुन् ।
फ्रोसिनोन बिरुद्ध दोस्रो हाल्फ मा २० मिनेट भित्र आफ्नो खातामा ३ गोल गर्दै हेगुइनले उक्त किर्तिमान तोडेका हुन ।
“म यो किर्तिमान तोड्न निकै नै उत्सुक थिए, त्यसैले यस्को श्रेय म मेरो परिवार , क्लब , सम्पुर्ण शहर र समर्थखरुलाई दिन चाहन्छु ” , हेगुइनले भने ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]