default_image

6 years ago

June 2, 2019

‘संन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउन चाहन्छु’ – मेसी

136 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ उनले भने ।

‘ म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु । हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ । म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु,’ मेसीले थपे ।

अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समुह चरणको खेलमा कोलोम्बिया, कतार र पाराग्वेको सामना गर्दैछ । लगातार फाइनलमा पराजित हुँदै आएको अर्जेन्टिना यसपटक उपाधि जित्ने लक्ष्यसहित उत्रिएको छ ।

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

February 12, 2025

पुलिस कीर्तिमानी ११ औं पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

Success

Thank you for your time.