6 years ago
May 31, 2019
एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोकिम लोउ जिममा डम्बेल उठाउने क्रममा छातीमा खसेपछि घाइते भएका छन् । अर्को साता हुने युरो छनोटको खेलमा लोउ उपस्थित हुने छैनन् ।
५९ वर्षिय प्रशिक्षक लोउलाई डम्बेल छातीमा खसेपछि विश्राम मात्र गरेका थिए । तर केहि दिनपछि उनको छातीमा समस्या आएपछि अस्पताल जाँदा उनको रक्तसंचारमा समस्या आएको देखिएको थियो । उनको आर्टरीले सरल रुपमा काम गर्न नसक्दा उनलाई केहि साता विश्राम लिन डाक्टरले सुझाएका छन् । त्यसैकारण उनले राष्ट्रिय टोलीको जिम्मेवारीबाट विश्राम लिनुपर्ने भएको हो ।
जर्मनीले युरो छनोट अन्तर्गत अर्को साता बेलारुस र इस्टोनियाको सामना गर्दैछ । लोउको स्थानमा सहायक प्रशिक्षक मार्कस सोर्ग र गोलरक्षक प्रशिक्षक आन्द्रियास कोपकेले टोलीको जिम्मेवारी सम्हाल्नेछन् । छनोट खेलका लागि रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस र बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगन उपलब्ध रहेका छैनन् ।
जर्मनीले छनोटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ । विश्वकप २०१८ मा खराब प्रदर्शन गरेको जर्मनी युरो छनोटमा सुखद नतिजा आत्मसात गर्न चाहन्छ । यस समूहमा सुरुवाती दुवै खेल जितेको उत्तरी आयरल्यान्ड शीर्षस्थानमा छ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]