6 years ago
May 31, 2019
स्याम ह्यारिस, बीबीसी
विश्वका सर्वाधिक महँगा खेलाडीको लागि पछिल्लो केहि साता सुखद रहन सकेको छैन । यसै साता ब्राजिलको प्रशिक्षणमा युवा खेलाडी वेभरटनले नेयमारलाई नटमेग गरेपछि नेयमारले दिएको अभिव्यक्तिले सामाजिक संजालमा हंगामा मचायो । नेयमारको खुट्टाको बीचबाट बल छलाउने बितिकै १९ वर्षीय वेभरटनलाई नेयमारले तानेर मैदानमा लडाएका थिए ।
यो घटना नेयमार ब्राजिलको प्रशिक्षणमा सामेल भएको केहि दिनमा भएको हो । नेयमार प्रशिक्षणमा आउँदा ११.५ मिलियन पाउण्ड मुल्यको हेलिकप्टर चढेर आएका थिए । उनको यस्तै व्यवहारले आजित भएपछि प्रशिक्षक टिटेले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी डिफेन्डर ड्यानी आल्भेसलै सुम्पेका हुन् । दुवै नेयमार र आल्भेस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने गर्छन् ।
क्लब फुटबलमा पनि पीएसजीसँग यो सिजन नेयमारका लागि सुखद रहन सकेन । मे महिनामा उनलाई फ्रान्सेली फुटबलले ३ खेलको लागि प्रतिबन्ध लगायो । कप डे फ्रान्सको फाइनलमा समर्थकसँग दुर्व्यवहार गरेपछि उनी समस्यामा परेका थिए । त्यसअघि उनले मोन्टपेलरसँग हारपछि ड्रेसिङ रुममा आफ्नै सहकर्मीसँग पनि भनाभन भएको खुलासा भएको थियो ।
दुई वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पीएसजी आएका नेयमारको भविष्यमाथि अहिले प्रश्नचिन्ह उठेको छ । उनलाई बारम्बार बार्सिलोना र रियल म्याड्रिडले अनुबन्धन गर्न खोजेको खबर संचारमाध्यममा आइरहेको अवस्था छ । बार्सिलोना र ब्राजिलका पूर्वखेलाडी रिभाल्डोले नेयमार बार्सिलोनाले च्याम्पियन्स लिग जित्न आवश्यक परेको एकमात्र खेलाडी रहेको पनि बताएका छन् ।
नेयमार आफैंले पनि सन् २०१५ मा बार्सिलोनालाई उपाधि दिलाएपछि च्याम्पियन्स लिगमा सुखद यात्रा तय गर्न सकेका छैनन् । सन् २०१६ मा बार्सिलोनासँग रहेर क्वाटरफाइनलमा बाहिरिएका उनले सन् २०१७ र १८ मा अन्तिम १६ यात्रा नै पार गर्न सकेनन् । यस सिजन पीएसजी म्यानचेस्टर युनाइटेडसंग पराजित भएको थियो । उक्त पराजयमा नेयमारले रेफ्रीको निर्णयप्रति रुष्ट हुँदै दिएको नकारात्मक अभिव्यक्तिलाई लिएर आलोचना समेत भएको थियो ।
यो सबका बाबजुद पनि नेयमार ब्राजिलका लागि मुख्य खेलाडी हुन् । अर्को महिना ब्राजिलमा नै हुने कोपा अमेरिकामा उनी हेर्नैपर्ने खेलाडी रहनेछन् । उनले खेलमा मात्र ध्यान दिए उनी विश्वकै उत्कृष्टमध्य एक खेलाडी हुन् तर उनले मैदानमा रहँदा देखाउने अनावश्यक कार्यले भने केहि समर्थक रुष्ट हुने गरेका छन् । कोपा अमेरिकामा ब्राजिलको जर्सी लगाउने नेयमारले अर्को सिजन कुन क्लबको जर्सी लगाउनेछन् भन्नेबारे समयले नै बताउनेछ ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]