default_image

6 years ago

May 31, 2019

कोन्टे इन्टर मिलानका प्रशिक्षक नियुक्त

81 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

केहि दिनअघि मात्र प्रशिक्षक लुसियानो स्पालेटीलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको इन्टरले ४९ वर्षीय इटालियन प्रशिक्षकलाई अनुबन्ध गरेको हो । कोन्टे गत सिजन चेल्सीबाट बर्खास्तीमा परेका थिए । उनले चेल्सीमा दुइ सिजन बिताउँदै प्रिमियर लिग र एफए कप उपाधि जितका थिए । त्यसअघि उनले युभेन्टसबाट तिन पटक सिरी ए उपाधि जितेका थिए ।

इन्टर मिलानले यस सिजन लिगमा चौथो स्थान हासिल गर्दै च्याम्पियन्स लिगको लागि छनोट हुन सफल भएको थियो । तर क्लब व्यवस्थापनले स्पालेटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई बर्खास्त गर्ने निर्णय लिएको हो । कोन्टेले अनुबन्धन भएपछि इन्टरलाई बलियो स्थानमा फर्काउने लक्ष्य रहेको बताएका छन् ।

‘यो मेरो जिन्दगिको नयाँ पाटो हो र म निकै उत्साहित छु । मैले इन्टर मिलनको प्रस्ताव स्विकार्नुको पछाडी क्लबको दीर्घकालीन योजना पनि हो,’ उनले थपे, ‘ इन्टर बलियो इतिहास भएको क्लब हो र म क्लबका पुराना दिन फर्काउन तत्पर रहनेछु ।’

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

February 12, 2025

पुलिस कीर्तिमानी ११ औं पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

Success

Thank you for your time.