default_image

6 years ago

May 31, 2019

फुटबलका यी नियम विश्वभर परिवर्तन हुँदै

2045 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी (इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड) ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो ।

१. फ्रिकिक : आक्रमणका खेलाडी वालमा बस्न नपाइने

नयाँ नियमअनुसार फ्रिकिक लिने समयमा आक्रमण गर्ने टोली अथवा फ्रिकिक प्रहार गर्ने टोलीका खेलाडी वालमा बस्न पाइने छैन । नियममा लेखिएको छ, ‘जब ३ वा सोभन्दा बढी खेलाडीको वाल राखिएको छ भने आक्रमण टोलीका खेलाडी कम्तिमा १ मिटर टाढा बस्नुपर्ने छ ।’ यदि यो नियम नमानेको खण्डमा विपक्षी टोलीलाई फ्रिकिक प्रदान गरिनेछ । यो नियम ल्याउँदा अनावश्यक समय खेर फाल्ने र वाल बसेको खेलाडीबीच ठेल्ने प्रवृति पनि अन्त्य हुने विश्वास लिइएको छ ।

२. खेलाडी परिवर्तन : सबैभन्दा नजिकको लाइनबाट बाहिरिने

नयाँ नियमअनुसार अब खेलाडी परिवर्तन हुँदा बाहिर निस्कने खेलाडीले आफूबाट मैदानको जुन भाग नजिक छ, त्यहिँबाट बाहिरिने उल्लेख गरिएको छ । नियममा लेखिएको छ, ‘बाहिर निस्कने खेलाडीले सबैभन्दा नजिक स्थानबाट मैदान बाहिर जानुपर्छ ।’ लामो समयदेखि खेलको समय खेर फाल्ने हेतुले गरिंदै आएको खेलाडी परिवर्तन समस्यालाई यसले केहि हदसम्म सुल्झाउने छ ।

३. प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड

यस नियम अनुसार प्रशिक्षकले टचलाइनमा खेलभावना विपरित रेफ्री वा खेलाडीलाई फरक व्यवहार गरेमा रेफ्रीले रातो र पहेंलो कार्ड देखाउनेछन् । यदि टचलाइनमा एक वा सोभन्दा बढी व्यक्तिबीच झगडा भएर रेफ्रीले पहिचान गर्न नसकेमा मुख्य प्रशिक्षकले कारवाही भोग्नुपर्नेछ ।

४. पेनाल्टी : गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ

पछिल्लो समय पेनाल्टी लिने बेलामा गोलरक्षकको भूमिकालाई लिएर निकै विवाद उत्पन्न हुँदै आएको छ । यसलाई साम्य पार्न नयाँ नियमले केहि सहयोग पुर्याउनेछ । नियमअनुसार गोलरक्षकले पेनाल्टीको समयमा पोस्ट र क्रसबार छुन पनि पाउने छैनन् । साथसाथै गोलरक्षकको एउटा खुट्टा गोललाइनमाथि अथवा भित्र भएको हुनुपर्नेछ ।

५. ह्यान्डबल : आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने

यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ र खेलाडीलाई बलको अवस्था र स्थितिबारे जानकारी छैन भने उक्त गोल मान्य हुने छैन । यस्तो अवस्थामा विपक्षी टोलीले फ्रिकिक प्राप्त गर्ने नियममा उल्लेख गरिएको छ । यस नियमले भने निकै विवाद उत्पन्न गर्न सक्ने देखिएको छ ।

६. ड्रप बलमा दुवै टोली सामेल नहुने

अबदेखि ड्रप बलमा दुवै टोलीका खेलाडीले बल खोस्न प्रतिस्पर्धा गर्नुपर्ने छैन । नया नियमअनुसार खेल रोकिनुअघि अन्तिम पटक जुन टोलीले बल छोएको छ त्यसै टोलीका खेलाडीलाई बल चलाउन दिइनेछ । यदि पेनाल्टी क्षेत्रभित्र खेल रोकिन्छ भने त्यसै टोलीको गोलरक्षकले बल चलाउन पाउने छन् । यस अवस्थामा बल चलाउने खेलाडीभन्दा दुवै टोलीका अन्य खेलाडी ४ मिटर टाढा बस्नुपर्ने छ ।

७. गोल किक र फ्रिकिक १८ यार्ड बक्स नकाटेपनि हुने

यसअघि गोलरक्षकले गोलकिक प्रहार गर्दा १८ यार्डको पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम थियो । त्यसअघि अन्य खेलाडीले बल छोएमा फेरी प्रहार गर्नुपर्ने थियो । तर नयाँ नियमअनुसार गोलकिक प्रहार गर्दा पेनाल्टी क्षेत्र कट्नुपर्ने नियम हटेको छ ।

८. गोल हुने खतरामा ब्याक पास समाउन पाउने

यसअघिको नियममा गोलरक्षकले ब्याक पास समाउन पाउने थिएनन् । तर नयाँ नियम अनुसार आफ्नो खेलाडीले दिएको ब्याक पास नियन्त्रण गर्न खोज्दा गोल हुने सम्भावना भएमा गोलरक्षकले बल समाउन पाउनेछन् । गोल हुने खतरा भएको अवस्थामा मात्र यो लागु हुनेछ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.