6 years ago
May 29, 2019
एजेन्सी – पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स पछिल्लो समय युरोपकै सर्वाधिक पछ्याईएका टिनएज फुटबलर हुन् । युरोपका ठूला क्लबले उनलाई अनुबन्धन गर्ने तयारी गरेसँगै बेन्फिकाले उनीमाथि १ सय २० मिलियन युरोको ट्रान्सफर रकम तोकेको छ ।
फेलिक्सले यसै सिजनको सुरुवातमा बेन्फिकाको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । उनले बेन्फिकालाई पोर्चुगिज लिगको उपाधि दिलाउने क्रममा १५ गोल र ९ असिस्ट प्रदान गर्दै अविश्वसनीय प्रदर्शन गरे । युरोपा लिगमा आइनट्राक्ट फ्रान्कफर्टविरुद्ध ह्याट्रिक समेत गर्दै उनी युरोपा लिगकै ह्याट्रिक गर्ने कान्छा खेलाडी बने । उनी युरोपमा ह्याट्रिक गर्ने पोर्चुगलकै कान्छा पनि बने ।
लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि फेलिक्स यूईएफए नेसन्स लिगको अन्तिम चरणका लागि राष्ट्रिय टोलीमा परेका छन् । उनले क्रिस्टियानो रोनाल्डोसँग पोर्चुगलको आक्रमण सम्हाल्ने प्रबल सम्भावना रहेको छ । उनलाई प्रिमियर लिगका दुइ ठूला क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पनि अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका छन् ।
फेलिक्सले आफ्नो युवा करिअर पोर्टोबाट सुरु गरेका थिए । तर सन् २०१५ मा उनलाई पोर्टोको एकेडेमीबाट धेरै पातलो भएको भन्दै निष्काशन गरियो । उनले बेन्फिकामा ट्राएल दिए र उनको खेलशैली देखेर प्रशिक्षक निकै प्रभावित भए । उनले युवा टोलीमा उत्कृष्ट प्रदर्शन गरे र १६ वर्षको उमेरमा नै बेन्फिकाको रिजर्भ टोलीमा समावेश भए । उनले सेप्टेम्बर २०१६ मा बेन्फिकाको रिजर्भ टोलीका लागि खेल्दै उक्त सफलता हासिल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।
यस सिजनको सुरुवातदेखि नै सिनियर टोलीमा अवसर पाएका फेलिक्सले नोभेम्बरमा नै नयाँ सम्झौता गरेका थिए । उनले सन् २०२३ सम्म लागु हुनेगरि सम्झौता गरेका हुन् । उक्त सम्झौता अनुसार कुनैपनि क्लबले फेलिक्सलै अनुबन्धन गर्न चाहेमा १ सय २० मिलियन युरो खर्चनुपर्ने अर्थात् रिलिज क्लज राखिएको छ । उनले सिजनको दोस्रो खेलमै चिर परिचित प्रतिद्वन्द्वी स्पोर्टिङ लिस्बनविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए ।
बेन्फिकाले जनवरीमा प्रशिक्षक परिवर्तन गरेपछि फेलिक्सले पहिलो रोजाइमा नियमित मौका पाए । उनले उक्त मौकाको सदुपयोग गर्दै सिजनभर ४३ खेल खेल्दै २० गोल गर्न सफल भए । फेलिक्सको खेल्ने शैलीलाई पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका स्टार बर्नार्डो सिल्भासँग दाँज्न थालिएको छ । उनले १९ वर्षको उमेरमा गरेको प्रदर्शन हेर्दा सिल्भा र रोनाल्डो दुवै पछि पर्छन् । फेलिक्सले राष्ट्रिय टोलीमा पनि यी दुई खेलाडीले भन्दा बढी प्रभाव पार्ने आँकलन गरिएको छ ।
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]