default_image

6 years ago

May 29, 2019

युरोपा लिग फाइनल: चेल्सी कि आर्सनल ?

110 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।

अजरवैजानको बाकुमा दुई इंग्लिस टोली चेल्सी र आर्सनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार १२ः४५ बजेपछि सुरु हुनेछ । दुवै टोली फाइनल जित्ने लक्ष्य लिएर मैदान उत्रदा फाइनल खेल निकै रोमाञ्चक हुने पक्का छ ।

दुई इंग्लिस टोली चेल्सी र आर्सनलबीच १९७२ पछि पहिलोपटक युइएफए कपमा अल इंग्लिस प्रतिस्पर्धा हुन लागेको हो । १९७२ मा युइएफए कपको फाइनलमा टोटेनहम हस्टपर र वल्भ्सले प्रतिस्पर्धा गरेका थिए ।

चेल्सीसँग इडेन हजार्ड, ओलिभर जिरुड, पेड्रो रोड्रिग्वेज, जर्गिन्हो, रोस बार्कली, माटियो कोभासिस र डेभिड लुइजजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ । उनीहरुले जुनसुकै बेला पनि खेललाई आफ्नो पक्षमा पार्ने क्षमता राख्दछन् । सम्भवत चेल्सीका लागि अन्तिम खेल खेल्दै गरेका स्टार फरवार्ड इडेन हजार्ड चेल्सीलाई च्याम्पियन बनेर बिदा हुन चाहन्छन् ।

आसर्नल र चेल्सी :
चेल्सी पछिल्ला पाँच खेलमा अपराजित छ । जसमा २ जित र ३ बराबरी छ । आसर्नलले पछिल्ला ५ खेलमा ३ मा जित तथा समान १ बराबरी र १ हार छ ।

February 12, 2025

पुलिस कीर्तिमानी ११ औं पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

Success

Thank you for your time.