default_image

6 years ago

May 29, 2019

च्याम्पियन्स लिगलाई फिर्मिनो फिट केइटा अनफिट !

67 views

0 Bookmark

एजेन्सी – १ जुनमा क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल हुदैछ । फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटेनहम हस्टपर प्रतिस्पर्धामा उत्रदैछन् । उनीहरु फाइनल जित्न अन्तिम तयारीमा जुटिसकेका छन् ।

खेलाडीको चोट पनि क्लबको लागि टाउको दुखाईको विषय हो । यसबीचमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्ना स्टार ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो च्याम्पियन्स लिगको फाइनललाई तयार हुदा अर्का खेलाडी नावी केइटा अनफिट रहेको बताएका छन् ।

फिर्मिनोले सेमिफाइनलको दोस्रो लेगमा तथा केइटाले पहिलो लेगमा चोट बोकेका थिए । चोटकै कारण फिर्मिनो पछिल्लो चार खेलमा अनुपस्थित रहेका थिए ।

प्रिमियर लिग प्रतिद्वन्दी टोटेनहमसँग उपाधिका लागि भिड्न लागेको लिभरपुलले आफ्ना स्टार फरवार्ड फिर्मिनो च्याम्पियन्स लिगका लागि तयार रहेको बताएको हो ।प्रशिक्षक क्लोपले फिर्मिन्हो फिट भएपनि नाबी केईटा भने टिम बाहिर रहने बताएका छन् ।

२७ वर्षीय फिर्मिनोले बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा ४–० को जित निकालेको खेलमा चोटका कारण दर्शकदीर्घामा बसेर खेल हेरेका थिए ।

क्लोपले फिर्मिन्होको बिषयमा सार्वजनीक रुपमा बोल्दै मड्रिडमा हुने फाईनल खेलमा उनी तयार हुने बताए ।

क्लोपले फिर्मिनो एक साताअघिबाट अभ्यासरतमा फर्किएको र उनले अभ्यासमा राम्रो गरिरहँदा उनले पुनरागमन गर्न सक्ने बताएका छन् । प्रशिक्षक क्लोपले नावीले खेल्ने सम्भावना न्युन रहेको बताएका छन् ।

January 21, 2025

सुष्माको ह्याट्रिकमा वालिङलाई सान्त्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ। वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ […]

January 21, 2025

एपिएफका १५ खेलाडीलाई‌ विषेश बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको‌ दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]

Success

Thank you for your time.