default_image

9 years ago

May 14, 2016

नवयुग र सन्तोषको गोलमा आर्मी फाइनलमा, खवासलाई रातो कार्ड

90 views

0 Bookmark

नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

received_10154825639853032

आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ ।
आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ मिनेट भुटानले पुरै दवाबमा राख्दै खेलेपनि गोल गर्ने अवसर भने पाएन । आर्मीका नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरेभने भुटानका लागि एकमात्र गोल सुजल श्रेष्ठ फर्काएका थिए । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।
नवयुगले छैटौं मिनेटमा आर्मीलाई अग्रदा दिलाएका थिए । बिमल रानाले कर्नर नजिकबाट गरेको क्रसमा नयुगले गोल गरेका हुन् । ३७ औं मिनेटमा सन्तोषले गोलअन्तरलाई दोब्बर पारे । उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए । इन्जुरी समयको दोस्रैो मिनेटमा सुजलले गोल फर्काएपनि टोलीको हार टरेन । ननयुग खेलको म्यान अफ दी म्याच बने ।
दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेल अन्त्य गरेका थिए । भरत खवासले विपक्षी टोलीका माउसालाई हात हालेपछि रेफ्री नविन्द्र महर्जनले दुवैलाई रातो कार्ड देखाएका थिए । खेलको २८ औं मिनेटमा माउसाले भरतलाई फाउल हानेका थिए । त्यसपछि रिसमा भरतले माउसालाई हात हालेका थिए ।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.