default_image

6 years ago

May 28, 2019

भालभेर्डेलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

74 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलै केहि दिनभित्र बर्खास्त गर्ने तयारी गरेको स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् ।

स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा ४-० ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केहि दिन अघिमात्र भ्यालेन्सियासंग कोपा डेल रेको फाइनलमा पराजित भएपछि क्लबले उनीसँग अलग्गिने मनसाय बुनेको बुझिएको छ ।

दुइ वर्ष क्लबको प्रशिक्षकका रुपमा बिताएका भालभेर्डेलै अघिल्लो सातामात्र क्लबका अध्यक्ष जोसे मारिया बार्टोमेउले साथ नछाड्ने बताएका थिए । तर क्लब बैठकमा उनको प्रशिक्षण शैलीमा प्रशन्त उठेपछि उनको उत्तराधिकारीको खोजि सुरु भइसकेको जनाइएको छ । भ्यालेन्सियाविरुद्ध हार नै उनको बर्खास्तीको मुख्य कारण हुन सक्ने उल्लेख गरिएको छ ।

February 12, 2025

पुलिस कीर्तिमानी ११ औं पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

Success

Thank you for your time.