default_image

6 years ago

May 27, 2019

उप राष्ट्रपति कप महिला लिग ६ महिना चल्ने

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ महिना लामो उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आगमी २० भदौबाट सुरु हुने लिग ६ महिना चल्ने जानकारी गराएको हो । २० भदौबाट सुरु हुने लिग २८ माघसम्म सञ्चालन हुने छ । विगतमा एक साता नबित्दै सकिँदै आएको महिला लिगलाई यसपटक एन्फाले ६ महिना लामो समयसम्म गर्ने तयारी गरेको हो । प्रतियोगिता डबल लिग राउन्डमा खेलाइनेछ ।

प्रतियोगतामा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै ७ प्रदेशले लिग खेल्नेछन् । सात प्रदेशमा छनोट प्रतियोगिता समेत हुनेछ । छनोटको विजेताले लिगमा सहभागिता जनाउनेछन् ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.