default_image

9 years ago

May 14, 2016

थ्री स्टार क्लबले खुला छनोटबाट यु-१८ खेलाडी छान्दै

88 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले स्वर्गीय ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागेको ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको लागि थ्री स्टार क्लबले खुला छनोटबाट खेलाडी लिने भएको छ|

TSC trial

स्वर्गीय श्रेष्ठ थ्री स्टार क्लबका अध्यक्ष रहीआएका थिए भने एन्फाका कार्यवाहक अध्यक्ष पनि थिए| उनको जेष्ठ २९ गतेका दिन आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको थियो| सोहि दिनमा फाइनल हुनेगरि एन्फाले प्रत्यक वर्ष प्रतियोगिता गर्ने भने पनि जेष्ठ २९ गतेदेखि प्रतियोगिता सुरु हुने बताइएको छ|

थ्री स्टार क्लबले आगामी मंगलबार बिहान आठ बजेदेखि ललितपुरको च्यासल मैदानमा खेलाडी छनोट गर्ने बुझिएको छ| छनोट बिहान एक बजेबाट हुने बुझिएको छ| क्लबले मंगलबार, बुधबार र बिहीबार गरेर तिन दिनमा छनोट गर्ने लक्ष्य लिएको छ| उमेर पुग्ने जोकोहीले पनि छनोटमा सहभागी हुन पाइने क्लबले बताएको छ|

प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ वर्ष भन्दा कम हुनुपर्ने प्रावधान राखिएको छ| वि.सं. २०५५/०१/०१ देखि २०५७/१२/३० सम्मका खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन्|

इच्छुक खेलाडीहरुले ९८४९९३३९१६ (उत्सब)लाई सम्पर्क गर्नुहुन आव्हान गरिएको छ|

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.