6 years ago
May 27, 2019
काठमाडौं (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा लिग १ मा आइतबार पराजित भएको छ । रोहितको टोली पिएसआइएस सिमार्गसँग २–१ ले पराजित भए हो ।
पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा रोहितको टोली पराजित भएको थियो । ३७ औं मिनेटमा आर प्राबोओ गोलबाट पेर्सिजाले अग्रता लिएको थियो । तर दुई मिनेटको फरकमा सिमार्गाले गोल गरेपछि रोहितको टोली पराजित भयो ।
७५ औं मिनेटमा बराबरी गोल गरेका एच युलियान्टोले अर्को गोल ७७ औं मिनेटमा गरे । रोहितले आइतबारको खेल पुरै समय खेलेका थिए । २ खेलमा उनको टोलीले १ हार र अर्कोमा बराबरी गरेको छ । अघिल्लो सिजन पर्सिजा लिग च्याम्पियन बन्दा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]