6 years ago
May 27, 2019
एजेन्सी – टोटेनहम हट्सपरका स्टार फरवार्ड ह्यारी केन च्याम्पियन्स लिग फाइनलका लागि तयार हुने भएका छन् । चोटका कारण टोटेनहमका लागि पछिल्लो केहि महिना विश्राममा रहेका केनले पुनरागमन गर्ने सम्भावना बलियो रहेको बुझिएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीविरुद्ध घाइते भएपछि केन मैदानबाहिर रहेका छन् । पछिल्लो केहि दिनयता केन क्लबको नियमित प्रशिक्षणमा सामेल भएको तस्बिर सार्वजनिक भएसँगै उनी मैदान फर्कने सम्भावना बढेको हो । शनिबार एटलेटिको म्याड्रिडको रंगशालामा हुने खेलका लागि पोचेटिनोले उनलाई छनोट गर्ने सम्भावना प्रबल छ ।
टोटेनहमका प्रशिक्षक पोचेटिनोले केनलाई खेलाउने भन्नेबारे निर्णय हतारमा नगर्ने प्रष्ट पारेका छन् । ‘हामी उनलाई खेलाउने वा नखेलाउने भन्नेबारे धेरै सोचिरहेका छौं । उनीमाथि जुन निर्णय लिएपनि खेलपछि त्यसबारे चर्चा हुन्छ । यदि हामीले जित्यौं भने राम्रो निर्णय हुन्छ, तर यदि पराजित भएमा त्यसै निर्णयलाई कारक बनाइन्छ,’ उनले भने ।
केनको अवस्था सुध्रंदै गएको अवस्थामा उनले फाइनलमा सुरुवाती रोजाईबाट नभएपनि खेलमा केहि भूमिका भने खेल्नेछन् । टोटेनहमसँगै इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि केनले त्यसपछि खेल्नुपर्ने छ । यूएईएफए नेसन्स लिगको अन्तिम चरणका लागि केन टोलीमा समेटिएका छन् ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]