6 years ago
May 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ बाट एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । आइतबार राति भएको खेलमा सासुओलोलाई ३–१ ले पराजित गर्दै एटलान्टा च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको हो ।
च्याम्पियन्स लिगलाई छनोट हुने क्रममा एटलान्टाले इन्टर मिलान र एसी मिलानलाई पछि पार्यो । एटलान्टाले ३८ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा सिरी ‘ए’ अन्त्य गर्दा समान ६९ अंक नै रहेको इन्टर मिलान गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा रहेको च्याम्पियन्स लिगलाई छनोट हुन सफल भयो । एटलान्टा पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।
युभेन्टस र नेपोली च्याम्पियन्स लिगलाई छनोट भइसकेको अवस्थामा एटलान्टा, इन्टर मिलान र एसी मिलानले अन्तिम २ लागि प्रतिस्पर्धामा थिए । तीन टोलीले जित हात पारेपनि एटलान्टा र इन्टर मिलान च्याम्पियन्स लिगलाई छनोट हुन सफल हुदा एसी मिलान युरोपा लिगमा खुम्चियो ।
च्याम्पियन्स लिगलाई छनोट हुन जित्नै पर्ने खेलमा एटलान्टाले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको सासुओलोमाथि ३–१ को जित निकाल्न सफल भयो । एटलान्टाको जितमा डुभान जापाटा, एलेजान्द्रो गोमेज र मारियो पासालिकले गोल गरे । सासुओलोका डोमिनिको बेराडीले एक गोल फर्काए ।
१९औं मिनेटमा डोमिनिको बेराडीले गोल गर्दै ससुलोलाई शुरुवाती अग्रता दिलाएको थियो । ३५औं मिनेटमा डुभान जापाटाले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा ससुलो १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डोमिनिको सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थिए ।
सासुओलो १० खेलाडीमा समेटिएको फाइदा एटलान्टाले उठाउन सफल भयो । ५३औं मिनेटमा एलेजान्द्रोले गोल गर्दै एटलान्टालाई २–१ को अग्रता दिलाए । ६५औं मिनेटमा मारियोल गोल गरेपछि एटलान्टा ३–१ ले अघि बढ्यो । ८३औं मिनेटमा ससुलो ९ खेलाडीमा समेटियो । सासुओलोका फ्रान्सिस्को माग्नानेली दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
अर्काे खेलमा इन्टर मिलानले इम्पोलीमाथि २–१ को जित निकाल्यो । एसी मिलानले एसपाललाई ३–२ ले पराजित गरेको थियो ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]