default_image

10 years ago

August 31, 2015

भारत विरुद्ध नेपालको सुरुवाति एघार यस्तो हुन सक्ने

171 views

0 Bookmark

ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ

फोटो- एन.एस.जे.एफ

फोटो- एन.एस.जे.एफ

परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए|

विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो प्रदर्शन गरेका फरवार्ड नवयुग श्रेष्ठ सुरुवाती एघारमा पर्ने सम्भावना धेरै छ| गोलरक्षक विकेश कुथु, किरण चेम्जोगं र रितेश थापामध्ये, चेम्जोगंको पल्ला भारी देखिन्छ| सन्दिप राई ढाडको समस्याले गर्दा खेल्न नसक्ने हुनाले रोहित चन्द र सागर थापाले सेन्टर डिफेन्स सम्हाल्नेछन् तर अनन्त तामांग खेल्न सकेको अवस्थामा रोहित मिडफिल्डमा खेल्ने सम्भावना छ|

विगं ब्याकमा रविन श्रेष्ठ र बिराज महर्जनले नै खेल्न पाउन सक्ने छन् तर रन्जित धिमाल र अजित भण्डारी पनि छनोट बाट त्यति टाढा छैन|

मिडफिल्डमा विक्रम लामा, जगजीत श्रेष्ठ र भरत खवासले सुरुवात गर्नेछन् भने सुशील केसी, विशाल राई जस्ता खेलाडीको सम्भावना पनि रहेको छ| फितलो देखिएको फरवार्ड लाइनमा नयाँ आयाम ल्याउन नवयुग श्रेष्ठ र भरत शाह तत्पर देखिन्छन् तर अनिल गुरुगं संग दुइ मध्य एकले फर्वार्ड लाइन चलाउनेछन्|

यु१९का चार खेलाडी भारत पुगिसकेको भएतापनि थकानका कारण सुरुदेखि नखेल्न सक्छन्|

मैत्रीपुर्ण खेलमा सात वटासम्म परिवर्तन गर्न पाइने हुनाले नयाँ खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउन पाउने कुरामा भने हामी आशावादि हुन सक्छौं|

टिम लाइनअप:

किरण
विराज – सागर (c) – अनन्त – रविन
भरत – विक्रम – रोहित – जगजित
नवयुग – अनिल

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

April 29, 2025

च्याम्पियन्स लिग सेमिफाइनल – आर्सनल र पिएसजी भिड्दै

एजेन्सी- च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुँदैछ। इमिरेट्स स्टेडियममा खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको आर्सनलको लागि यो महत्वपूर्ण खेल हुनेछ। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले यस प्रतियोगितामा सम्भवत सबैभन्दा बलियो टिम रियल मड्रिडलाई होम एण्ड अवे […]

April 29, 2025

मकवानपुर महिला गोल्डकप आयोजना गर्दै

रविन्द्र वाईबा, हेटौंडा मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हेटौंडामा मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले […]

Success

Thank you for your time.