default_image

6 years ago

May 26, 2019

बेल टोटेनहम फर्कने सम्भावना

88 views

0 Bookmark

लन्डन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचिन्टोले रियल म्याड्रिडका विङ्गर गेराथ बेलको पुनरागमनका बारेमा बोलेका छन् । जिनेदिन जिदानले पुनः रियलको प्रशिक्षण सम्हालेदेखि नै बेलले पहिलो रोजाईमा पर्न संघर्ष गर्दै आएका छन् ।

बेल र जिदानबीचको सम्बन्ध पहिले देखि उतारचढावपूर्ण रहँदै आएको छ । जसका कारण आउने सिजनमा उनले क्लब छाड्ने सम्भावना पनि उत्तिकै छ । छ सिजन रियलमा बिताएका बेल पुन लन्डन फर्कने सम्भावना रहेको अड्कल काटिएको छ ।

सुरुमा लोन र त्यसको एक वा दुई वर्षमा स्थायी रुपमा टोटेनह्याम सरुवाका विषयमा पनि चर्चा भएको बताइएको छ । यद्दपी अहिले सबै विषय तय भने भएको छैन । ‘उनी रियलका खेलाडी हुन् ,’बेलको सरुवाका विषयमा सोधिएको प्रश्नमा मुस्कुराउँदै पोचिन्टाले भने,’हाम्रा बीचमा राम्रो सम्बन्ध छ । हामीले उनीविरुद्ध गत वर्ष खेलेका थियौं । उनको खेल राम्रो छ । यहाँ पनि धेरैलाई उनको सम्झना छ । ‘

बेल र रियलबीचको सम्झौता अझै तीन वर्ष बाँकी छ । अर्जेन्टिनी प्रशिक्षकले भने,’परिस्थिति यस्तो छ की न उनका लागि सहज छ , न त क्लबको लागि ।’ रियल पुगेपछि बेलले ला लिगा एक पटक तथा च्याम्पियन्स लिग चार पटक जितिसकेका छन् । तर, रियल पुगेदेखि नै पटक पटक चोटग्रस्त बनेका उनको खेलमा पनि एकरुपता रहन सकेन ।

बेलको आगमनले टोटेनहमको आक्रमण बलियो हुनेछ । यदि यो सरुवा सम्भव भए दुवै पक्षलाई फाइदा हुने अपेक्षा गरिएको छ । रियल जानु अघि बेल टोटेनहममा लगातार तीन वर्ष उत्कृष्ट खेलाडी चुनिएका थिए ।

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

Success

Thank you for your time.