6 years ago
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । बुधबार लुधियानामा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दा सावित्राले २ गोल गरिन् ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकि थिइन । उनले हेडरमार्फत गोल गरेकी थिइन् । सेथुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । अग्रता लिएपछि लगातार आक्रमणमा उत्रिएको सेथुले अग्रता लिन धेरै समय कुर्नु परेन ।
बराबरी गोल फर्काएको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले दाङमेई ग्रेसको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ७० औं मिनेटमा सावित्राले सेथुको अग्रता दोब्बर पारिन् । उनले इन्दुमथी कासिरेथानको पासलाई सदुपयोग गर्दै गोलरक्षकलाई कुनै मौका दिईनन् । थप समयमा गोल नहुँदा सेथुले पहिलो पटक प्रतियोगिताको उपाधि जित्न सफल रहयो ।
सावित्राले प्रतियोगिताका ७ मध्य ६ खेलमा गोल गर्न सफल रहिन् । उनले प्रतियोगितामा ३ ह्याट्रिकसहित कुल १५ गोल गरिन् । सावित्रासँगै मिडफिल्डर अनिता बस्नेत पनि सेथुमा नै आबद्ध छिन् । प्रतियोगिताको नियम अनुसार एक पटकमा एक विदेशी मात्र खेलाउन पाइने नियमका कारण अनिताले धेरै मौका पाइनन् ।
November 19, 2024
एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो। सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमवार साँझ स्वदेश फर्केको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले […]
November 19, 2024
एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]