default_image

6 years ago

May 22, 2019

सेथुले उपाधिका लागि मणिपुरसँग खेल्दै

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको भारतीय महिला लिग फुटबलमा नेपाली गोलमेसिन सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथुले उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि लुधियानास्थित गुरु नानक स्टेडियममा हुनेछ । सावित्रा भण्डारीको उच्च प्रदर्शनमा अपराजित रहेर फाइनल यात्रा तय गरेको सेथु अपराजित रहँदै फाइनल जित्ने लक्ष्यमा मैदान उत्रनेछ । सावित्राले लिगको एक खेलमा मात्रै गोल गर्न सफल भइनन् । उनले ६ खेलमा १३ गोल गरेकी छन् । सेथुका लागि दाङमेई ग्रेस र सन्धियाले क्रमशः ८ र ७ गोल गरेकी छन् ।

अन्य खेलमा जस्तै फाइनलमा सावित्रा पुनः एक पटक चम्किए साविकको उपविजेता सेथु भारतीय महिला लिग फुटबलको च्याम्पियन बन्नेछ । समूह चरणको खेलमा सुथुले मणिपुर पुलिसलाई ६–४ ले पराजित गरेको थियो । सोही लयलाई सेथु निरन्तरता दिने रणनीतिमा मैदान उत्रनेछ । मणिपुर स्पोर्टस भने हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । दुवै टोलीले ६ खेलमा विपक्षी टोलीविरुद्ध समान ४१ गोल गरेका छन् । त्यसैले पनि फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

समूहमा मणिपुरलाई पराजित गर्दा सावित्राले ह्याट्रिकसहित ४ गोल गरेकी थिइन् । भारतीय लिगमा सावित्राको त्यो डेब्यु खेल थियो ।
सेमिफाइनलमा सेथुले सेन्ट्रल एसएसबीलाई ८–१ को गोलअन्तरले पराजित गर्दा सावित्राले चार गोल गरेकी थिइन् । नेपालकी अनिता बस्नेतले पनि एक गोल गरेकी छन् । एक पटकमा एक विदेशी खेलाडी मात्र खेलाउन पाउने भएकाले उनले विरलै मौका पाएकी छन् ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.