default_image

6 years ago

May 22, 2019

मिखीटारयनले युरोपा लिग फाइनल खेल गुमाउने

56 views

0 Bookmark

एजेन्सी । राजनैतिक द्धनद्धका कारण आर्सनलका मिडफिल्डर हेनरिक मिखीटारयनले चेल्सीविरुद्ध अर्काे साता हुने युरोपा लिगको फाइनल खेल गुमाउने भएका छन् ।

युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा मे २९ मा हुदैछ । जहाँ दुई इंग्लिस टोली चेल्सी र आर्सनलले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

लन्डन क्लब आर्सनलले चेल्सीविरुद्धविरुद्धको फाइनलमा अर्मेनियाका मिखीटारयनले नखेल्ने पुष्टि गर्दै यो निकै ‘ब्याड न्युज’ रहेको बताएका छन् । आर्सनलका प्रशिक्षक युनाई इम्रीले यसबारे मिखीटारयनसँग कुराकानी भएको र यो पारिवारिक विषय रहेकाले आफैले पनि नखेल्ने बताएका छन् ।

मिखीटारयनले गतवर्ष क्वाराबागविरुद्धको समूह चरणको खेलमा पनि अजरवैजान भ्रमण गरेका थिएनन् । प्रशिक्षक इम्रीले युइएफएलाई युरोपा लिगको फाइनल खेल बाकुमा आयोजना गर्न दिने निर्णयको समेत आलोचना गरेका छन् ।

‘अजरबैजान र अर्मेेनियाबीचको राजनीतिक द्वन्दको कारण उनलाई टिममा राख्न सकनौं । मिखीटारयनलाई टिममा समावेश नभएको घोषणा गर्दा हामीलाई दुःख लागेको छ । यो अवस्था बारेमा यूइएफएलाई पत्रचार गरिसकेका छौँ,’ आर्सनलले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । ‘यो ब्याड न्युज नै हो । तर, हामीले राजनीतिक समस्यालाई पनि बुझ्दै यसलाई आदर गर्नुपर्दछ । उनको टिमसँग खेल्ने इच्छा छ । अब यो सम्भव छैन ।’ प्रशिक्षक इम्रीले यो निर्णय मेरो हातमा नरहेको र उनको निर्णयलाई आदर गर्ने बताएका छन् ।

‘यसै कारणले पनि फाइनलमा चेल्सीका समर्थक बढी हुनेछन् । हाम्रा समर्थकहरु स्टेडियम आउन चहान्छन् । मलाई थाहा छ बाकु नजिकै आर्सनलका धेरै समर्थक छन् । मलाई विश्वास छ, स्टेडियम आर्सनलका समर्थकले भरिनेछ ।’ प्रशिक्षक युनाईले भने ।

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

January 20, 2025

एन्फा यु १६ लिग – संकटा र मछिन्द्रको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]

January 20, 2025

सिटीको सानदार जित, युनाइटेड फेरि पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे । सिटीका फोडेनले २७औं […]

Success

Thank you for your time.