6 years ago
May 21, 2019
एजेन्सी – युरोपेली फुटबलका अधिकांश लिगहरु समाप्त भइसकेका छन् । केहि लिगका अन्तिम चरणको खेल बाँकी रहेपनि लिग उपाधिको भने टुंगो लागिसकेको छ । यसपटक युरोपको शीर्ष पाँच लिगमा पुरानै च्याम्पियन दोहोरीए ।
युरोपेली फुटबलको इतिहासमै पहिलो पटक युरोपको शीर्ष ५ लिगमा च्याम्पियन टोली दोहोरीए । फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका च्याम्पियनले पछिल्लो सिजन पनि लिग जितेका थिए । इंग्ल्यान्ड र जर्मनीमा लिगको अन्तिम दिन उपाधि छिनोफानो भएको थियो भने फ्रान्स , स्पेन र इटालीमा केहि साताअघि नै उपाधि टुंगो लाग्यो ।
इंग्लिस प्रिमियर लिग :
२०१७/१८ : म्यानचेस्टर सिटी – म्यानचेस्टर युनाइटेडभन्दा १९ अंक र स्पर्सभन्दा २३ अंक अगाडी
२०१८/१९ : म्यानचेस्टर सिटी – लिभरपुलभन्दा १ अंक र चेल्सीभन्दा २६ अंक अगाडी
इटालियन सिरी ए :
२०१७/१८ : युभेन्टस – नेपोलीभन्दा ४ अंक र रोमाभन्दा १८ अंक अगाडी
२०१८/१९ : युभेन्टस – (१ खेल बाँकी) नेपोलीभन्दा ११ अंक अगाडी र एटलान्टाभन्दा २४ अंक अगाडी
जर्मन बुन्डेसलिगा :
२०१७/१८ : बायर्न म्युनिख – सालकाभन्दा २१ अंक र होफेनहाइमभन्दा २९ अंक अगाडी
२०१८/१९ : बायर्न म्युनिख – डर्टमुन्डभन्दा २ अंक र आरबी लाइपजिगभन्दा १२ अंक अगाडी
फ्रान्सेली लिग १ :
२०१७/१८ : पीएसजी – मोनाकोभन्दा १३ अंक र लियोनभन्दा १५ अंक अगाडी
२०१८/१९ : पीएसजी – (१ खेल बाँकी) लिलभन्दा १६ अंक र लियोनभन्दा २२ अंक अगाडी
स्पेनिस ला लिगा :
२०१७/१८ : बार्सिलोना – एटलेटिकोभन्दा १४ र रियल म्याड्रिडभन्दा १७ अंक अगाडी
२०१८/१९ : बार्सिलोना – एटलेटिकोभन्दा ११ र रियल म्याड्रिडभन्दा १९ अंक अगाडी
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]