default_image

6 years ago

May 20, 2019

पीएसजीमै रहने काभानीको इच्छा !

55 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अझै फ्रेन्च च्याम्पियन टोलीमा रहन चाहेको प्रष्ट पारेका छन् । यद्दपी भविष्यका विषयमा बोर्डले गर्ने निर्णय पर्खने बताएका छन् ।

काभानीको पिएसजीमा यो छैटौं सिजन हो । उनले सबै खाले प्रतियोगितामा गरि क्लबका लागि २ सय गोल गरेका छन् । उरुग्वेली स्टारले पिएसजीलाई लिग उपाधि र कप जिताउन भूमिका खेल्दै आएका छन् । उनले पिएसजीमा रहँदा एक सिजन मात्र लिग १ को उपाधि जित्न सकेनन् । नेयमार र एमबाप्पेसँग बलियो आक्रमण जोडी बनाएका काभानीले यस सिजन चोटका कारण धेरै खेल गुमाएका थिए ।

क्लबसँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर पनि उनी भविष्यलाई लिएर निश्चित छैनन् । ‘समर्थकहरुको साथमा म निकै खुसी छु । यसले झनै बढी उत्साहित बनाउने गर्दछ,’ काभानीले भने, ‘सबै चिज काम, शिक्षा र व्यावसायिकतामा आधारित हुन्छ । समर्थकले हामीलाई परिचय दिन्छन् । म ती सबै समर्थकप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

उनले क्लबसँगको सम्झौताको सम्मान गर्ने बताएका छन् । ‘म सम्झौता सम्म बस्न चाहन्छु । तर यो सिजनको अन्त्यपछि के हुन्छ हेरौं,’ उनले भने, ‘म बस्न चाहन्छु । मलाई यो क्लब मन पर्छ । यो सहर र यहाँको जीवन मलाई मनपर्छ । फुटबलमा आफुले चाहे जस्तो मात्र हुँदैन । बोर्ड पनि छ । तर म आफ्नो सम्झौता हुँदा सम्म बस्न चाहन्छु । ‘

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक रुपमा पराजित गरेको छ । बुधवार बिहान सम्पन्न खेलमा रियलले सिटीमाथि ३-२ को जित हासिल गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान १ गोल गरे । […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

February 11, 2025

लखन कप फुटबल – सम्पूर्ण क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]

Success

Thank you for your time.