9 years ago
May 12, 2016
इंग्लिस प्रिमिएर लिग अन्तर्गत बुधवार राति भएको खेलमा सन्डरल्याण्ड विजयी भएपछि प्रिमिएर लिगमा रेलिगेसन हुने टोलीको टुंगो लागेको छ|
एभर्टन विरुद्ध घरेलु मैदानमा ३-०को सहज जित दर्ता गरेपछि सन्डरल्याण्डले अर्को सिजन पनि प्रिमिएर लिग खेल्ने पक्का भएको हो| बिजयी टोलीका लागि प्याट्रिक भ्यान आन्होल्टले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाएका थिए भने लमिन कोनेले दुइ गोल थपेर टोलीको जित सुनिश्चित परेका थिए|
जितसंगै सन्डरल्याण्ड १८औं स्थानमा रहेको न्युकासल भन्दा चार अंकले अगाडी रहेको छ| हिजै भएको अर्को खेलमा रेलिगेसनबाट बच्न संघर्षरत टोलि नर्विचले पनि जित दर्ता गर्यो| तर अरु खेलको नतिजा अनुकुल नभएपछि उसको पनि रेलिगेशन पक्का भएको छ| अब आगामी सिजन फुटबल लिगमा तिन टोलि एस्टन भिल्ला, नर्विच सिटि र न्युकासल युनाइटेडले खेल्ने छन्|
रेलिगेसनमा परेको तिन टोलीका स्थानमा फुटबल लिगबाट तिन टोलि माथि आउने प्रावधान रहेको छ| फुटबल लिगको विजेता बर्नली र दोश्रो स्थानको मिडल्स्ब्रो माथि चढिसकेका छन् भने अर्को एक टोलीको टुंगो केहि दिनमा लाग्नेछ|
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]