6 years ago
May 16, 2019
भरतपुर (हाम्रो खेलकुद) – मग मग झापा ११ सिएमएस चितवनमा जारी भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपाल एपिएफलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।
एपिएफले शनिबार उपाधिका लागि सिएमजी क्लब संकटाको सामना गर्नेछ । संकटा घरेलु टोली चितवन ११ लाई हराउँदै बुधबार फाइनल पुगेको थियो ।
नारायणगढस्थित क्याम्पा चौरमा भएको खेलको ५८ औं मिनेटमा निशान लिम्बुले गोल गरेका थिए । उनकै गोल खेलको निर्णायक बन्यो । निशान म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
एजे इन्टरनेसनल प्रा लिले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमवार साँझ स्वदेश फर्केको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले […]
November 19, 2024
एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]
November 18, 2024
हिमाल खरेल, बिर्तामोड झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता […]