6 years ago
May 15, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका लेफ्ट ब्याक मार्सेलोले अर्को सिजन क्लब छाड्न इच्छा व्यक्त गरेका छन् । मार्सेलो पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग खेल्नका लागि युभेन्ट्स जान चाहेको चर्चा स्पेनिस मिडियामा छाएको छ ।
३० वर्षे रक्षकले यस सिजन रियलमा अपेक्षित प्रदर्शन गर्न सकेनन् र लगातार प्रशिक्षक परिवर्तन हुँदा रियलमा संघर्ष गरिरहेका छन् । यो सिजनको सुरुवातमा उनी धेरै खेलमा बेन्चमै रहेका थिए । इटालियन च्याम्पियन युभेन्टस पनि लेफ्ट ब्याकको खोजीमा रहँदा मार्सेलो त्यसतर्फ जाने सम्भावना रहेको छ ।
युभेन्ट्सबाट आउने कुनै पनि प्रस्तावलाई म्याड्रिडले स्वीकार गरोस् भन्ने पक्षमा मार्सेलो रहेको बताइएको छ । जसले उनी पुनः रोनाल्डोसँग खेल्ने वातावरण बन्न सक्दछ । रियलमा हुँदा मैदान भित्र वा बाहिर यी दुईबीच निकै गहिरो दोस्ती थियो ।
सन् २००६ यता मार्सेलो रियलको महत्वपूर्ण खेलाडीका रुपमा रहँदै आएका छन् । उनले रियलबाट झन्डै ५ सय खेल खेलिसकेका छन् । उनले रियलसँग रहेर ४ ला लिगा, २ कोपा डेले रे र ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]