default_image

6 years ago

May 14, 2019

सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध हुनसक्ने

58 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियमावलीमा अनियमितता गरेको आरोपमा अनुसन्धान गर्ने भएको छ ।

न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टका अनुसार सिटीले अनियमितता गरेको प्रमाणित भए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ । यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने बुझिएको छ । सिटीले प्रायोजन सम्झौता गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको थियो ।

बेल्जियमका पूर्व प्रधानमन्त्री तथा अनुशासन विभाग प्रमुख वेज लेटेर्मेले क्लबलाई कारवाही हुन सक्ने संकेत दिएका छन् । सिटीले भने आफूले कुनै अनियमितता नगरेको बताउँदै आएको छ । यूईएफएले प्रमाणित गरेको खण्डमा क्लबले एक सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन । यद्दपी सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेलेर त्यसपछिको सिजनमा सहभागिता जनाउन पाउने छैन ।

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

February 11, 2025

लखन कप फुटबल – सम्पूर्ण क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]

February 11, 2025

जनसेवा र सैनिक महाविद्यालयको जित

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]

Success

Thank you for your time.