6 years ago
May 14, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो ।
जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले गत साता मात्र कोर्टुवा नै आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेका थिए । कोर्टुवा यसै सिजन रियल आएपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।
यसै साता रियल बेटिसविरुद्ध उनले रियलका लागि अन्तिम खेल खेल्ने सम्भावना छ । सन् २०१५ मा पनि रियलले डेविड डे हेयालाई अनुबन्धन गर्न खोज्दा बेटिसविरुद्धको खेल नाभासको लागि अन्तिम हुने सम्भावना रहेको थियो । तर नाभासले रियलमा रहेर त्यसपछि पहिलो रोजाईका रुपमा आफुलाई स्थापित गरे ।
नाभासले रियलमा रहेर ३ पटक च्याम्पियन्स लिग, एक पटक ला लिगा उपाधि, तीन फिफा क्लब विश्वकप तथा ३ पटक युरोपेली सुपर कप उपाधि जिते । सफलताको हिसाबमा उनले आफूलाई रियलका लागि सफल गोलरक्षकमा उभ्याएका छन् ।
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]