6 years ago
May 12, 2019
एजेन्सी – फ्रान्सेली लिग वनअन्तर्गत शनिबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २-१ ले पराजित गरेको छ । पीएसजीको जितमा नेयमार र एन्जल डी मारियाले १-१ गोल गरे ।
पीएसजीका लागि ब्राजिलियन फरवार्ड नेयमारले २० औं मिनेटमा गोल गरेका थिए । उनले ड्यानी आल्भेसको क्रसमा डाइभिङ हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा नेयमारको पासमा डी मारियाले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ५ मिनेट समय बाँकी रहँदा पीएसजी १० खेलाडीमा सिमित भयो । मार्किन्होसले विल्फ्रिड कांगालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पीएसजी कप्तानलाई रातो कार्ड देखाए । यद्यपि एन्जर्सका फ्लाभिएन टेटले प्रहार गरेको पेनाल्टी भने जियानलुइजी बुफोनले बचाए । टेटले त्यसको ३ मिनेटपछि गोल गरेपनि नतिजा बदल्न सकेनन् ।
यसअघि नै लिग उपाधि पक्का गरिसकेको पीएसजीले ३६ खेलमा ८८ अंक जोडेको छ । दोस्रो स्थानको लिलले ३५ खेलमा ६९ अंक बनाएको छ ।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]