default_image

6 years ago

May 12, 2019

जिदानले बेललाई फेरिपनि टोलीमा राखेनन्

77 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वेल्स फरवार्ड ग्यारेथ बेललाई लगातार दोस्रो खेलका लागि आफ्नो टोलीबाट बाहिर राखेका छन् ।

अघिल्लो साता भिल्लारियलविरुद्ध खेलमा टोलीबाट बाहिर रहेका बेल यस साता रियल सोसीडाडविरुद्ध खेलको लागि पनि समेटिएका छैनन् । प्रशिक्षक जिनेदिन जिदानले बेलको स्थानमा युवा खेलाडी ब्राहिम डियाज, भिनिसियस जुनियर, मारियानो डियाज र लुकास भाज्केजलाई टोलीमा राखेका छन् । फ्रान्सेली फरवार्ड करीम बेन्जेमा पनि टोलीमा फर्किएका छन् ।

रियलको डिफेन्समा अपनी चोटका कारण ठूलो समस्या आइपरेको छ । कप्तान सर्जियो रामोससँगै अर्का डिफेन्डर राफेल भारानेपनि चोटका कारण टोलीमा अटाएका छैनन् । गोलरक्षक केलर नाभास र सर्जियो रेगुलियन पनि बाहिर रहेका छन् । जिदानले मिडफिल्डर मार्कोस लोरेन्टेलाई भने टोलीमा समेटेका छन् ।

ला लिगा अन्तर्गत आइतबार ३७ औं चरणका सबै खेल एकै समयमा हुँदैछन् । नेपाली समयानुसार खेल रातको १०:१५ बजे सुरु हुनेछ । रियलले सोसिडाडको मैदानमा खेल्दैछ ।

February 11, 2025

उमन्स च्याम्पियनसिप – टिकट दर १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]

February 11, 2025

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा राराको‌ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

Success

Thank you for your time.