9 years ago
May 11, 2016
इंगलिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेड संग ३-२को पराजय भोगेको छ|
आगामी सिजन च्याम्पियन्स लिग खेल्न जित अत्यावश्यक रहेको अवस्थामा युनाइटेडको यो हारले म्यानचेस्टर सिटिलाई भने ठुलो राहत पुगेको छ| अब अन्तिम दिनको खेल बाँकी रहेको अवस्थामा सिटि दुइ अंकले अगाडी छ र उसले अन्तिम खेलमा स्वान्सी संग बराबरी मात्र गरे पनि चौथो स्थान हासिल गर्नेछ| उता युनाइटेडले बर्नमाउथको सामना गर्नेछ र सिटीको हार भएको अवस्थामा मात्र उसको च्याम्पियन्स लिगको ढोका खुल्नेछ|
हिजो भएको खेलमा वेस्ट ह्याम्ले अग्रता लिएतापनि मार्सियलको दोश्रो हाफको दुइ गोलको मद्दतले युनाइटेड २-१ले अगाडी रहेको थियो| तर डिमित्री पाएटले दुइ राम्रो पास मिलाएपछि वेस्ट ह्याम खेलमा फर्किएको थियो| सो खेल वेस्ट ह्यामको अप्टन पार्क मैदानको अन्तिम खेल भएको हुनाले पनि खेलाडी र समर्थक हरु भावविव्हल देखिन्थे|
जितसंगै वेस्ट ह्याम पनि ६२ अंकका साथ छैठौं स्थानमा चढेको छ|
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]