default_image

6 years ago

May 10, 2019

सुआरेजले कोपा डेल रे फाइनल गुमाउन सक्ने

88 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले कोपा डेल रेको फाइनल खेल गुमाउन सम्भावना बढेको छ । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको बार्सिलोनाले जनाएको छ ।

दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त चोटबाट पूर्ण रुपमा निको हुन कम्तीमा ६ हप्ता लाग्ने छ। कोपा डेल’रे अन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा भ्यालेन्सियाको सामना गर्दैछ।

यसै सिजनको सुरुआतमा पनि सुआरेजले दाँया घुँडाको चोटका कारण केही समय मैदान बाहिर बिताउनु परेको थियो । उरुग्वेका ३२ वर्षे फरवार्ड उनले यस सिजन २९ खेलमा २५ गोल गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्ध दोस्रो लेगमा फितलो प्रदर्शन गरेका कारण समर्थकहरुको आलोचना खेपिरहेका सुआरेजले अब अर्को सिजनमा मात्र मैदान फर्कनेछन् । उनले उरुग्वेको पनि केहि खेल गुमाउने सम्भावना बढेको छ ।

February 11, 2025

उमन्स च्याम्पियनसिप – टिकट दर १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]

February 11, 2025

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा राराको‌ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

Success

Thank you for your time.