6 years ago
May 10, 2019
एजेन्सी – क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल्ने चारै टोली एकै राष्ट्रको बनेको यो पहिलो अवसर हो । च्याम्पियनस लिगमा लिभरपुल र टोटेनहम तथा युरोपा लिगमा चेल्सी र आर्सनलले फाइनलमा स्थान बनाएसँगै इंग्ल्यान्ड एकै वर्षमा दुई प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल्ने पहिलो राष्ट्र बनेको हो ।
पछिल्लो समय इंग्लिस फुटबल चर्चित मानिने भएपनि टिमहरुले ठुला प्रतियोगिताका सम्मानजनक स्थितिमा पुग्न नसक्दा आलोचना खेपिरहेको थियो । तर, यो सिजन चार क्लबहरु लिभरपुल, टोटेनहम हस्टपर, चेल्सी र आर्सनल फाइनलमा प्रवेश गरेसँगै इंग्लिस फुटबल सही स्थितिमा फर्किएको सन्देश दिएको छ ।
च्याम्पियन्स लिगको दोस्रो लेगमा लिभरपुलले स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोनामाथि ४–० को अविश्वसनीय जित तथा टोटेनहमले नेदरल्यान्डको आयाक्समाथि ३–२ को जित निकाल्दै फाइनलमा प्रवेश गर्न सफल भएको थियो । लिभरपुल पहिलो लेगमा ३–० ले तथा टोटेनहम पहिलो लेगमा १–० ले पछि परेको थियो ।
यता, युरोपा लिगमा फाइनलमा स्थन बनाउन लन्डन क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि जित निकाल्न पेनाल्टी सुटआउटको साहरा लिनु परेको थियो । आर्सनलले भ्यालेन्सियामाथि ४–२ को तथा समग्रमा ७–३ को जित निकाल्न सफल भएको थियो ।
त्यअघि ३५ वर्षअघि पहिलोपटक इंग्ल्यान्डका चार क्लब युरोपियन क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए । च्याम्पियन्स लिगमा लिभरपुल र टोटेनहम हस्टपर तथा युरोपा लिगमा चेल्सी र आर्सनल सेमिफाइनलमा प्रवेश गरेसँगै सन् १९८३-८४ को सिजनपछि यो सम्भव भएको थियो । तर, यसपटक चारै इंग्लिस क्लब फाइनलमा पुग्न सफल भए । च्याम्पियन्स लिगको फाइनल १ जुनमा मड्रिडमा तथा युरोपा लिगको फाइनल मे २९ मा बाकुमा हुदैछ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]