default_image

9 years ago

May 10, 2016

बार्सिलोना नेमार बेच्न बाध्य हुन सक्ने

80 views

0 Bookmark

टोटेन्ह्याम तथा म्यान्चेस्टर युनाइटेडका पुर्व स्ट्राइकर टेरी गिब्सोनले बार्सिलोनाले नेमार बेच्न बाध्य हुन सक्ने विश्लेषण गरेका छन ।

Neymar

स्काइ स्पोर्ट्सको साप्ताहिक पोडकास्टमा बोल्दै गिब्सनले बार्सिलोनाले आर्थिक व्यवस्थापनका लागी नेमार बेच्न पर्ने अवस्था आउन सक्ने कुरा बताए ।

“कसैले मलाई दुइ महिना आघी नेमारलाई बार्साले बेच्ला भनेर सोधेको भए म सायदै यो कुरा भन्थिए तर बार्सिलोनाले क्याम्प नाउ सुधार गर्ने योजना सार्वजनिक गरे पछी उक्त परिदृश्य देखिन सक्छ” , गिब्सोनले भने ।

“२४ बर्षमा नेमारले अझै धेरै खेल्न बाकी छ, त्यसैले कुनै क्लब ले अफर गरे बार्सिलोना ले उक्त अवसर स्विकार्न सक्छ , ”  उनले थपे ।

हाल पेड्रो बार्सिलोना फर्किने हल्लाले यो कुरा अझ सार्थक हुन सक्ने कुरा स्काइ स्पोर्ट्सका  सह-कमेन्टेटर टेरी गिब्सोनले बताए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.