default_image

6 years ago

May 9, 2019

चितवन भरतपुर गोल्डकपको अन्तिम आठमा

49 views

0 Bookmark

विनोदबाबु रिजाल
भरतपुर –विदेशी खेलाडी पेत्गा बोबोको ह्याट्रिक मद्दतले घरेलु टोली चितवन ११ नारायणगढको क्याम्पाचौरमा जारी सीएमएस भरतपुर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

बिहीबार भएको खेलमा नुवाकोट ११ विरुद्ध ४–० को जित निकाल्दै चितवन अन्तिम आठमा पुगेको हो । चितवनका तर्फबाट अर्को एक गोल भुवन बस्नेतले गरे ।

ह्याट्रिक गरेका बोबो म्यान अफ दी म्याच चुनिए र उनलाई १० हजार रुपैयाँ प्राप्त गरे । ्चितवनले अब सेमिफाइनल प्रवेशका लागि बैशाख ३० गते विभागीय टिम त्रिभुवन आर्मी क्लब सामना गर्नेछ ।

प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लबले च्यासल युथको सामना गर्नेछ । प्रतियोगिताको विजेताले ६ लाख पुरस्कार पाउने छ । दोस्रो हुनेले ३ लाख पाउने छ ।

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

Success

Thank you for your time.