9 years ago
May 10, 2016
नेपाली राष्ट्रिय टोलिका फरवार्ड एवं यु-१९ टोलीका कप्तान विमल घर्ति मगर भोलि युरोप प्रस्थान गर्दै छन्|
अखिल नेपाल फुटबल संघले गत महिनानै उनि युरोप जाने बताएपनि चोटका कारण मगर नेपालमै बसेका थिए| तर चोटमुक्त भएका बिमल अब आफ्नो व्यावसायिक करिअर सुरु गर्न युरोप लागेका हुन्|
आगामी जुन १० देखि युरो कप २०१६ सुरु हुने भएकाले युरोपमा सिजन केहि ढिला सुरु हुने र उनको अहिलेको बसाई पनि छोटो हुने बुझिएको छ| विभिन्न क्लबहरुबाट उनलाई अनुबन्धनको लागि सम्पर्क भएको पनि जानकारीमा आएको छ|
बिमलले गत साता मात्र प्रथम सताक्षि गोल्डकपमा घरेलु टोलि झिलझिलेको प्रतिनिधित्व गर्दै गोल गरेका थिए| उनले नेपालको बसाईंमा पुलिसबाट बिराट गोल्डकप जिते भने थ्री स्टार र आर्मी क्लबबाट पनि एक-एक प्रतियोगितामा सहभागिता जनाए|
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]