default_image

6 years ago

May 9, 2019

को हुन् लुकास मौरा ?

180 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्सपरले बुधबार युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आयाक्सलाई नाटकीय ढंगले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । टोटेनहमको जितमा ब्राजिलियन फरवार्ड लुका मौराले इन्ज्युरी समयमा गोलसँगै ह्याट्रिक पनि पूरा गरे ।

डेढ वर्षअघि जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिनमा मौरा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट टोटेनहम आएका थिए । पीएसजीले ब्राजिलियन सुपरस्टार नेयमारलाई भित्र्याएपछि मौराले खेल्ने मौका नै पाएनन् । त्यसको फाइदा उठाउँदै टोटेनहमले मात्र २३ मिलियन पाउण्डमा उनलाई अनुबन्धन गर्यो ।

त्यसअघि सन् २०१२ मा पीएसजीले मौरालाई क्लबमा भित्र्याउँदा म्यानचेस्टर युनाइटेड र इन्टर मिलनसँग निकै प्रतिस्पर्धा गर्नुपरेको थियो । तत्कालिन युनाइटेड प्रशिक्षक सर एलेक्स फर्गुसनले मौराको प्रदर्शनको प्रशंसा गर्दै क्लबसमक्ष उनलाई भित्र्याउन सुझाएका थिए । तर पीएसजीले ३८ मिलियन पाउण्ड खर्चेर मौरालाई फ्रान्स लग्यो ।

साओ पाउलोबाट सन् २०१२ मा पीएसजी पुगेपछि मौराले क्लबका लागि ४ पटक लिग उपाधि जिते । उनले टोलीसँग ४ पटक लिग कप र ३ पटका फ्रेन्च कप उपाधिको स्वाद पनि चाखे । लगातार पाँच सुपर कप उपाधि जितेको पीएसजीले च्याम्पियन्स लिगमा भने अपेक्षित प्रदर्शन गर्न सकेन ।

मौराले नेयमार पीएसजी भित्रिएपछि निकै कम मौका पाए । तत्कालिन पीएसजी प्रशिक्षक उनाई एमेरीले मौरा पीएसजीको स्तरका खेलाडी नभएको भन्दै उनलाई क्लब छोड्न खुला गरिदिए । एमेरी अहिले आर्सनलको प्रशिक्षक भएका छन् । टोटेनहमले उनलाई गत सिजन जनवरीमा ल्याएपछि उचित प्रयोग गरेको थियो ।

यस सिजन भने प्रशिक्षक पोचेटिनोलाई उनलाई नियमित प्रयोग गर्दै आएका छन् । उनले म्यानचेस्टर युनाइटेडविरुद्ध २ गोल गर्दै महत्त्वपूर्ण जित दिलाए । च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पनि मौराले बराबरी गोल गरेपछि टोटेनहम दोस्रो चरणमा प्रवेश गर्ने ढोका खुलेको थियो । प्रिमियर लिगमा हडर्सफिल्डविरुद्ध ह्याट्रिक गरेका मौराले आयाक्सविरुद्ध ह्याट्रिकलाई आफ्नो करिअरको हालसम्मकै उत्कृष्ट प्रदर्शन बताएका छन् । राष्ट्रिय टोलीमा करिअरको सुरुवाती समयमा मौका पाएका मौरा अब टोटेनहममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कन चाहन्छन् ।

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

February 11, 2025

आहा रारा पोखरा गोल्डकपमा दुई विदेशी टोली भिड्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्‌। पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई […]

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

Success

Thank you for your time.