6 years ago
May 9, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड लुकास मौराले खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टोटेनहम हट्सपर आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो हाफमा २-० ले पछाडी परेको टोटेनहमका लागि लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेका थिए । अवे खेलमा ३-२ ले विजयी हुँदै टोटेनहम
समग्रमा ३-३ को बराबरी पछि अवे गोलको आधारमा फाइनल पुगेको हो ।
आयाक्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा बलियो बनाएको थियो । खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिँदा समग्रमा ३-० ले अगाडी रहेको आयाक्स दोस्रो हाफमा भने सम्हालिन सकेन ।
मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत देखाए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे । खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई पहिलो पटक फाइनल पुर्याए ।
यस जितसँगै टोटेनहमले लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४-३ ले पराजित गरेको थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]