6 years ago
May 8, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति लिभरपुलले बार्सिलोना विरुद्ध घरेलु मैदान एन्फिल्डमा अविश्वसनीय नतिजा हासिल गरेको छ । पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको यो लगातार दोस्रो फाइनल यात्रा हो ।
लिभरपुलको जितमा डिभोक ओरीजी र जियोर्जिनियो वाइनाल्डमले २-२ गोल गरे । खेलको सातौं मिनेटमा नै लिभरपुलले ओरीजीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा थप गोल गर्ने अवसर सिर्जना भएपनि दुवै टोलीले त्यसको सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको ५४ औं मिनेटमा वाइनाल्डमले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा गोल गर्दै २-० को स्थितिमा पुर्याए । त्यसको दुई मिनेटमै जेर्डान साकिरीको पासमा वाइनाल्डमकै गोलमा खेल समग्रमा ३-३ को बराबरीमा आइपुग्यो । खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरीर्जीले गोेल गर्दै लिभरपुललाई अविश्वसनीय जितनजिक पुर्याए ।
लिभरपुलले लगातार दोस्रो पटक फाइनल यात्रा तय गर्दा इतिहासमा चौथो पटक तीन वा सोभन्दा बढी गोलको अग्रतालाई उल्टाउन सफल रहयो । अघिल्लो सिजन बार्सिलोनालाई रोमाले ४-१ को अग्रताका बाबजुद पराजित गरेको थियो ।
खेलको हाइलाइट्स :
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]