default_image

6 years ago

May 8, 2019

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, बार्सिलोना स्तब्ध

209 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– दोस्रो लेगमा अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा अन्तिम दुईको यात्रा तय गरेको हो ।

यससंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ । डिभोक ओरिगी र परिवर्तिन जिओर्जिनिओ वाइनाल्डमले २-२ गोल गरेपछि लिभरपुलले अविश्वसनिय जित हासिल गरेको थियो । ओरिगीले सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमै वाइनाल्डम एन्ड्रियु रोबर्टसनको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रशिक्षक योर्गेन क्लोपको यो रणनीतिलाई वाइनाल्डमले सहि प्रमाणित गरिदिए । उनले ५४ औं मिनेटमा गोल एलेजेन्डर आर्नोल्डको लो क्रसमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि जेर्डान साकिरीको क्रसमा वाइनाल्डमले हेडमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरिगीले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । ट्रेन्ट अलेकजेन्डर अर्नोल्डले कर्नरमा दिएको चलाखीपूर्ण बलमा ओगिरीले गोल गरेपछि समग्रमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलको अविश्वसनीय जितमा टोलीले उच्च प्रदर्शन गर्दा घाइते मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोको अभाव हुन दिएन ।

लिभपुरलले आयक्स र टोटेनहमको दोस्रो सेमिफाइनलको विजेतासँग म्याड्रिडमा फाइनल खेल्नेछ । पहिलो लेगमा आयाक्स १–० ले अघि छ । दोस्रो लेग आज राति टोटेनहमको मैदानमा हुदैछ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.