6 years ago
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले सोमबार इन्डियन वुमन्स लिगमा डेब्यु गरिन् । सेथु फुटबल क्लबको लागि खेल्दै सावित्राले पहिलो खेलमा नै ४ गोल गर्दै उत्कृष्ट सुरुवात दिलाइन् ।
मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध लिगको पहिलो खेलमा सेथुले ६-४ को जित दर्ता गर्दा सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् । खेलको २९ सेकेन्डमै गोलको खाता खोल्न सफल सावित्राले पहिलो हाफमा नै ४ गोल गरेकी थिइन् । उनले अर्को गोलमा असिस्ट गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् ।
सावित्राले डेब्यु खेलमा नै प्लेयर अफ द म्याच पाउँदा खुसी व्यक्त गरिन् । ‘ पहिलो खेलमा नै प्लेयर अफ द म्याच भएँ । हाम्रो लक्ष्य केहि खेल जित्ने नभएर उपाधि नै जित्ने रहेको छ । अहिलेको प्रदर्शनले भविष्यमा पनि राम्रो छाप छोड्नेछु,’ उनले बताइन् । सावित्राले भारतको लिग नेपालको तुलनामा व्यवस्थित रहेको र अन्तर्राष्ट्रिय म्याच खेलेजस्तो वातावरण हुने आभास गरेको बताइन् ।
लिगको व्यवस्थापन उपल्लो स्तर देखिएपनि खेलाडीमा भने उनले खासै भिन्नता पाएकी छैनन् । ‘हामीले नियमित रुपमा भारतको राष्ट्रिय टोलीसँग नै खेल्दै आएका छौं । नेपालका खेलाडीले पनि यहाँ सहज रुपमा खेल्ने सक्ने देखेको छु । हामीले भारतका खेलाडी कसरि खेल्छन भन्ने नजिकबाट नियालेको कारण पनि थप सहज हुन्छ,’ उनले प्रष्ट पारिन् ।
सावित्राको टोली सेथु हाल लिग अन्तर्गत दोस्रो समूहको शीर्षस्थानमा छ । टोलीले लिगअन्तर्गत बुधबार हुने खेलमा बेंगलोर युनाइटेड फुटबल क्लबको सामना गर्दैछ ।
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]